बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने — OSNepal

बूढासुब्बा गोल्डकप : उपाधिका लागि एभिनियर र केएफटिसीबीच प्रतिस्पर्धा हुने

LC (KTM) March 02, 2023 0

धरान-धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो । काँकडभिट्टाको केएफटिसी टिम भारतीय टिम युकेएफसीलाई पराजित गर्दै फाइलनमा पुगिसकेको छ । शनिबार उपाधिका लागि दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।

एभिनियरको जितमा खेलको ४५औँ मिनेटमा डिम्बाले १ गोल गर्नुभयो । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पायो । मोरङका सुजन चौधरीले ८५औँ मिनेटमा आत्मघाती गोल गर्नुभयो ।

आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद रु १० हजार प्राप्त गर्नुभएको छ । शारीरिकरूपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन गरे पनि नतिजा भने निकाल्न सकेन । खेलको २२औँ मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके ।

मोरङका गोलकिपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौँ प्रहार विफल पारिदिए । खेलको १०औँ मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए । खेलको ३०औँ मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए । दोस्रो हाफको ३९औँ मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए । भिनियरका खेलाडीहरूले पनि पटकपटक पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर