आजबाट सहिद स्मारक लिगः पहिलाे खेल फ्रेण्ड्स र खुमलटारबिच — OSNepal

आजबाट सहिद स्मारक लिगः पहिलाे खेल फ्रेण्ड्स र खुमलटारबिच

LC (KTM) March 03, 2023 0

काठमाडौं, १९ फागुन । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैँछ । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५ः३० बजे लिग सुरु गर्नेछ ।लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहनेछ ।

लिग डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइने छ भने च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा पनि खेल हुनेछन् ।
लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल तथा टिकटिङ अधिकारहरू एमडिसी एसी स्पोर्टस लिमिटेडसँग सम्झौता भइसकेको छ। खेलहरू स्पेस फाेर के टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछन् ।

गत पुस १४ एन्फा र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भए अनुसार आजवाट खेल सुरु हुन लागेको हो ।लिगमा संकटा क्लब , नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, त्रिभुवन आर्मी, एनआरटी, जाउलाखेल युथ क्लब, मनाङ मस्याङदी, थ्रीस्टार, खुमलटार, चर्च ब्वाइजलगायतका टिम बिच एसपटक भिडन्त हुनेछ । एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यस अघि नै गरे अनुसार क्लबले अनुदान पाइसेका छ ।

यसपटक लिगको बिजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर