यू २० महिला एसियन कप छनोटका लागि नेपाली टिम घोषणा — OSNepal

यू २० महिला एसियन कप छनोटका लागि नेपाली टिम घोषणा

LC (KTM) March 03, 2023 0

नेपालले एएफसी यू २० महिला एसियन कप छनोटका लागि टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक यम गुरुङले शुक्रबार एसियन कप छनोट खेल्ने यू(२० महिला टिम घोषणा गरेका हुन् । छनोटको पहिलो चरणमा नेपाल समूह बी मा रहेको छ ।

नेपालको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । यस समूहको छनोट खेल प्यालेस्टाइनमा हुनेछ । पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ ।नेपालले पहिलो खेलमा मार्च ८ मा प्याले

स्टाइनविरुद्ध खेल्नेछ ।छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू(२० महिला एसियन कप खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर