इंग्लिस प्रिमियर लिग : लिड्स युनाईटेडलाई पराजित गर्दै चेल्सीले निकाल्यो सहज जित — OSNepal

इंग्लिस प्रिमियर लिग : लिड्स युनाईटेडलाई पराजित गर्दै चेल्सीले निकाल्यो सहज जित

LC (KTM) March 05, 2023 0

काठमाडाै, २१ फागुन । प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेकाे छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए ।

चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सिमित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर