अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा धुमधामका साथ मनाइयो होली — OSNepal

अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा धुमधामका साथ मनाइयो होली

LC (KTM) March 07, 2023 0

अमेरिका । हिन्दुहरुको विशेष पर्व फागु पुर्णिमा तथा होलिपर्ब २०२३ मार्च ४ शनिबारका दिन दिउसो १ बजे देखि ६ बजे सम्म अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको ज्याकोब्सन पार्कमा धुमधामका साथ मनाइएको छ । समाजले प्राय गरेर बिदाका दिन पारेर नेपाली पर्ब मनाउदै आएको छ। यसपटकको होलीमा पनि मादल मिजुर खैजडी बजाउदै देबी देवताको महिमा गाउँदै हर्षेउल्लासका साथ मनाइएको छ । होलीको भाकाको नेतृत्व संस्थाका उपाध्यक्ष्य चुडामणि अवस्थीले लिनु भएको थियो भने सहयोगीको रुपमा कोसाध्यक्ष्य बिपिन पन्त, मुकेश ऐर रहनु भएको थियो। होलिमा हरेक समुदायका होलि प्रेमीहरुको उलेख्य उपस्थिति थियो।

होलीमा हात हातमा रंग अबिर लिएर केटाकेटीहरु सारै रमाएका थिए भने जेष्ठ नागरिक पनि उतिकै रमाएको देखिन्छ। हामीले नेपालमा खेलेको भन्दा यहाँ को होलीमा खासै फरक छैन भन्ने अधिकंसको अभिब्येक्ति रहेको थियो। यस समाजका सम्पूर्ण दाजुभाई दिदि बहिनि तथा आमाबुवाहरुको हौसलापूर्ण उपस्थितिले नेपालमा हुने होलि भन्दा यहाँ मनाइने होलिमा खासै फरक देखिएको पाइदैन। उपस्थित सबै होलि खेल्नमै र एक आपसमा रंग लगाउनमै व्यस्त देखिन्थे। संस्थाले विभिन्न रंग, खाने पानी तथा पिज्जाको समेत बेबस्था गरेको थियो।

पिज्जा बेबस्थापनमा दिर्घ जोशी र संस्थाका सदस्यहरुको भूमिका रहेको थियो। सात समुद्र पारि बसेर पनि आफ्नो संस्कृति जोगाउन र नया पिढीलाई आफ्ना बिसेष पर्ब बारे जानकारी दिने उदेश्यले बिगत ९, १० वर्ष देखि यस सुदुर पश्चिम समाज केन्टुकीले विभिन्न कार्यक्रम गर्दै आएको छ। यस सुदुर पश्चिम समाजको स्थापना काल देखि संस्थाको संस्थापक अध्यक्ष्यको रुपमा रहनु भएका उद्धव राज उप्रेतीले संस्थाको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको पाइन्छ।

यसका साथै संस्थाका हरेक गतिबिधिहरुमा मेरुदण्डको रुपमा रहेका समितिका उपाध्यक्ष्य चुडामणि अवस्थी, सचिब मान बहादुर शाह, कोसाध्यक्ष्य बिपिन पन्त, सह(सचिब गोबिन्द अवस्थी, सदस्यहरु प्रकाश पाण्डे, प्रकाश थापा, रेखा जोशी, त्रिलोक सिंह ऐर, अर्चना शाही, टंक न्यौपाने, निरञ्जन कुस्मी, बिबेक ढकाल, बिशेष सल्लाहकार नारायण भट्ट, रेखा भट्ट, मदन राज भट्ट, खेम सिङ्ग धामीको सक्रिय सहभागिताले समाजको उचाई बढ्दै गैरहेको अनुमान गर्न सकिन्छ। प्रतेक वर्ष सुदुर पश्चिम समाज केन्टुकीले गौर पर्ब, पिकनिक , देउसीभैलो तथा होलि पर्ब भव्यताकासाथ मनाउदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर