११ वर्षकै उमेरमा करोडपति बनेकी यी बालिकाको आम्दानी सुनेर जो कोही पर्छन् छक्क — OSNepal

११ वर्षकै उमेरमा करोडपति बनेकी यी बालिकाको आम्दानी सुनेर जो कोही पर्छन् छक्क

LC (KTM) March 08, 2023 0

काठमाडौं । ११ वर्षकै उमेरमा मासिक डेढ लाख रुपैयाँ भन्दा धेरै रकम कमाउने भाग्गमानी बालिका हुन् पिक्सी कर्टिस । आमा रोक्सी ज्याकेन्कोले अनलाइन कम्पनी मार्फत व्यवसाय सुरुवात गरिदिएपछि अहिले पिक्सी कर्टिसलाई पैसा संहाल्न भ्याई नभ्याई छ ।

करोडौँ आम्दानी गरिसकेकी कर्टिसले यति सानो उमेरमै आयआर्जनको पेशाबाट अवकाश लिँन लागेको समाचारमा जनाइएको छ । आफ्नै मर्सिडिज कार चढेर हिँड्ने यी बालिकाको कम्पनीले एक प्रकारको हेयर बो, हेडब्याण्ड बिक्री गर्दछ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार पिक्सीले अब आफू हाइस्कुल शिक्षाका लागि केन्द्रित हुन लागेका कारण यो व्यबसायबाट विश्राम लिन चाहेको उल्लेख गरेकी छिन् । पछिल्लो ३ वर्षमा मात्रै कराडौँ कमाइसकेकी उनकी आमा रोक्सी पनि आफैंमा एकजना व्यवसायी महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर