उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार — OSNepal

उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

LC (KTM) March 10, 2023 0

सिमकोट-दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी छत्याल शाहीको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

गर्भ तुहिएर उच्च रक्तस्रावले पीडित उहाँको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । दुुई हप्तादेखि लगातार अत्यधिक रक्तस्राव भएपछि उहाँको अवस्था गम्भीर भएको थियो । जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा छत्यालको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरमा उद्धार गरी सुुर्खेत पु¥याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार सुरु भएको छ । गर्भवती छत्यालको सुत्केरी हुने समय नपुुग्दै गर्भ तुहिएको हो ।

उहाँलाई बिहीबार गोठीगाउँबाट उद्धार गरिएको हो । उहाँको उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेका थिए । सुत्केरी छत्यालसहित राष्ट्रपति महिला उत्थान कार्यक्रमले चालु आवको साउन महिनायता यो छैटौँ उद्धार गरेको छ । यसमा एक बेथा लागेकी गर्भवतीको खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा निधन भएको थियो । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताजाकोट गाउँपालिकाका बेथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर