के बच्चाले गर्भमा नै संस्कार सिक्न सक्छन्र ? — OSNepal

के बच्चाले गर्भमा नै संस्कार सिक्न सक्छन्र ?

LC (KTM) March 14, 2023 0

बीबीसी -भारतमा राष्ट्र सेविका समितिसँग सम्बन्ध राख्ने संस्था संवर्धिनी न्यासले गर्भवती महिलाका लागि ‘गर्भ संस्कार’ अभियान सुरु गरेका छन्।राष्ट्र सेविका समिति, राष्ट्रिय स्वंयसेवक सङ्घ (आरएसएस) मा आबद्ध महिलासँग जोडिएको संस्था हो।

समाचार एजेन्सी पीटीआईका अनुसार संवर्धिनी न्यासकी राष्ट्रिय आयोजक सचिव माधुरी मराठेले भनिन्, ”गर्भवती महिलाका लागि गर्भ संस्कार नामको अभियान सुरु गरिएको छ। त्यसले गर्दा गर्भमा नै बच्चालाई संस्कार र मूल्यमान्यता सिकाउन सकियोस्।”

उनले भनिन्, ”स्त्रीरोग विशेषज्ञ, आयुर्वेदका डाक्टरहरू र योग प्रशिक्षकलाई मिलाएर एउटा कार्यक्रमको योजना बनाइएको छ। त्यसमा गीता र रामायणका पाठ पढ्ने र गर्भावस्थाका बेलामा योग गर्ने जस्ता क्रियाकलाप सामेल गरिएको छ। त्यसले गर्भमा बढ्दै गरेको बच्चालाई संस्कार सिकाउन मद्दत गरोस् भन्ने उद्देश्य हो।”

उनका अनुसार राजधानी दिल्लीस्थित जवाहरलाल विश्वविद्यालयमा राष्ट्र सेविका समितिको तर्फबाट एउटा कार्यशाला आयोजना गरिएको थियो जसमा १२ राज्यका ८० स्त्रीरोग विशेषज्ञ सहभागी थिए।

पीटीआईलाई माधुरी मराठेले भनिन्, ”यो कार्यक्रम गर्भवती महिला र बच्चा दुई वर्षको नहुन्जेल चलिरहन्छ। त्यसमा गीताका श्लोक र रामायणको पाठ हुनेछ। गर्भमा हुर्किरहेको बच्चाले ५०० शब्दसम्म सिक्न सक्छ।”

तर के गर्भमा हुर्किरहेको बच्चाले शब्द अथवा कुनै भाषा बुझ्न सक्छ?  विज्ञान यस विषयमा फरक धारमा बाँडिएको छ।मुम्बईस्थित महिला अधिकारकर्मी तथा स्त्रीरोग विशेषज्ञ डा. सुचित्रा देलवी भन्छिन्, “गर्भमा हुर्किरहेको बच्चाले आवाज सुन्न त सुन्छ तर उसले कुनै भाषा बुझ्दैन।”

उनी भन्छिन्, “जबजब गर्भमा हुर्किरहेको बच्चाको शरीरको विकास हुँदै जाँदा उसको कान पनि उम्रिन थाल्छ। यस्तोमा ध्वनि तरङ्ग पनि बच्चाकहाँ पुग्छ। तर त्यो ध्वनिको अर्थ के हो त्यो बच्चाले बुझ्न सक्दैन। यस्तोमा यदि आमाले संस्कृत वा अन्य कुनै श्लोक पढे पनि बच्चाले कसरी बुझ्न सक्छ र?”हर्मोन र बच्चामा असर
डा. सुचित्रा देलवी भन्छिन्, ”यदि गर्भवती महिला तनावमा रहन्छिन् भने उनलाई रामायण, गीताको श्लोक पढेर शान्ति मिल्छ वा कुनै गीत सुनेर खुसी प्राप्त हुन्छ भने त्यस्तो बेला शरीरमा बन्ने हर्मोनको असर भ्रूणमा पर्छ।”

”त्यसबेला उत्पन्न हुने हर्मोन वा रासायनिक सन्तुलनको असर आमा हुँदै बच्चासम्म पुग्छ। अर्थात् तनावको हर्मोन वा खुसीको हर्मोनको असर बच्चामा पनि पर्छ। यसको वैज्ञानिक आधार छ।”

अन्धश्रद्धा निर्मूलन समितिकी अभियानकर्ता मुक्ता दाभोलकर गर्भवती महिलालाई पोषणयुक्त आहार, असल विचार, मन शान्त राख्ने कुराहरू गर्भ संस्कारसँग जोड्नुलाई ठिक मान्दिनन्।उनी भन्छिन्, ”जब गर्भमा हुर्किरहेको बच्चाले भाषा नै बुझ्न सक्दैन भने त्यस्तो बेला आमाले गरेको मन्त्र उच्चारण कसरी बुझ्छ र?”

उनी यस प्रकारको गर्भ संस्कारको कुरा गर्नु छद्म विज्ञान मान्छिन्।उनका अनुसार “आमा खुसी रहनु महत्त्वपूर्ण हुन्छ। परिवारले उनलाई खुसी राख्नु र आहारमा ध्यान दिन आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर