मनाङेलाई फेरि खेलकुद मन्त्रालयको जिम्मेवारी पर्यो भने आचार्यलाई खानेपानी मन्त्रालय — OSNepal

मनाङेलाई फेरि खेलकुद मन्त्रालयको जिम्मेवारी पर्यो भने आचार्यलाई खानेपानी मन्त्रालय

LC (KTM) July 11, 2021 0

पोखरा २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मुख्यमन्त्री स्वतन्त्र उम्मेदवारबाट उठेका दिपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

विना विभागिय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका मुख्यमन्त्री पोखरेलले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी हरिशरण आचार्यलाई दिएका हुन् । यस अघि दुई जनालाई मन्त्रालयको जिम्मेवादी दिइसकेका पोखरेलले आज दुई जनालाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

नेपाली कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी सम्हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर