राजामौलीको फिल्म खेल्ने ईच्छा छ : हेमा मालिनी — OSNepal

राजामौलीको फिल्म खेल्ने ईच्छा छ : हेमा मालिनी

LC (KTM) March 19, 2023 0

निर्देशक एसएस राजामौलीको एक्शन एडभेन्चर फिल्म आरआरआरले हालै सम्पन्न ९५ औं ओस्करमा नाटु नातु को लागि उत्कृष्ट मौलिक गीतको श्रेणी जितेर राष्ट्रलाई गौरवान्वित बनायो। यस चलचित्रमा रामचरण र जुनियर एनटीआरले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले ओस्कार अवार्ड जितेपछि एसएस राजामौलीको नाम सारा संसारले चिनेको छ ।

उनको विश्वभर तारिफ भइरहेको छ । यसैबीच अहिले बलिउडकी एक वरिष्ठ अभिनेत्रीले राजामौलीसँग काम गर्ने इच्छा व्यक्त गरेको खबर आएको छ । हो, ती अभिनेत्री अरु कोहि होइन बलिउडकी ड्रीम गर्ल अर्थात् हेमा मालिनी हुन् । बलिउडकी ड्रीम गर्ल अर्थात् हेमा मालिनीले हालैको एक अन्तर्वार्तामा धेरै विषयमा टिप्पणी गरेकी छिन् । जब उनलाई फेरि ठूलो पर्दामा कहिले फर्कने भनेर सोधियो ।

यो प्रश्नको जवाफमा उनले भनिन्,-सही भूमिका पाएमा मात्रै फिल्म वा वेब सिरिज गर्छु। म अभिनेत्री हुँ। राम्रो भूमिका भए मात्रै अभिनय गर्न मन लाग्छ। जब हेमालाई सोधियो कि उनी एसएस राजामौलीसँग काम गर्न चाहनु हुन्छ ? यो प्रश्नको जवाफमा उनले भनिन्, ‘यदि निर्देशक एसएस राजामौलीजीले मलाई राम्रो भूमिकाको प्रस्ताव राख्छन् भने म उनीसँग काम गर्न पक्कै चाहन्छु।’ हेमा मालिनीले आफूलाई गर्व लागेको बताइन् फिल्मको उपलब्धिले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर