९३ वर्षमा धुमधामले विबाह गरेका पूर्वअन्तरिक्ष यात्रीले दिए सबैलाई चकित पार्ने प्रतिक्रिया — OSNepal

९३ वर्षमा धुमधामले विबाह गरेका पूर्वअन्तरिक्ष यात्रीले दिए सबैलाई चकित पार्ने प्रतिक्रिया

LC (KTM) March 19, 2023 0

काठमाडौँ । निल आर्मस्ट्रङपछि चन्द्रमा पाइला टेक्ने चार जना व्यक्तिमध्ये जीवित अन्तरिक्ष यात्रीले गरे ९३ वर्षमा धुमधामले विबाह गरेका छन् । करिब १ सय पुग्नै लाग्दा विबाह गर्ने व्यक्ति हुन्
बज एल्ड्रिन ।

अमेरिकी पूर्वअन्तरिक्ष यात्री बज एल्ड्रिनले ९३ वर्षको उमेरमा चौथो विवाह गरेपछि उनी फेरी एक पटक संसारभर चर्चामा आएका छन्। एल्ड्रिनले आफ्नो ९३ औँ जन्मदिनमा चौथौ विवाह गरेका हुन्। उनले ६३ वर्षीया डाक्टर एन्का फाउरसँग विवाह गरेको अन्त्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो जोडीले बुढेसकालमा विबाह गरे लगत्तै प्रतिक्रिया दिँदै भनेको छ नयाँ जिन्दगीको शुरुवात गर्न पाउँदा आफूहरूले भागेर विवाह गरेका किशोर(किशोरीजस्तै महसुस भएको छ । उनले आफ्नो ट्विटरमार्फत विवाह समारोहको फोटो सार्वजनिक गरेका हुन् ।

सन् १९६९ को ऐतिहासिक अन्तरिक्षयान अपोलो ११ का पाइलटहरूमध्ये एल्ड्रिन पनि एक हुन् । जो चन्द्रमामा पाइला टेक्ने पहिलो चार जना व्यक्तिमध्ये जीवित उनी मात्रै रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर