सेयर बजार ६.९० अंकले ओरालो — OSNepal

सेयर बजार ६.९० अंकले ओरालो

LC (KTM) March 19, 2023 0

काठमाडौं, ५ चैत । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै, सेन्सेटिभ इन्डेक्सम १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा आएको छ । आइतबार  ३१ लाख ६३ हजार ३८९ कित्ता  सेयर किनबेच भएको छ ।
मानुसी लघुवित्त बित्तीय संस्था, युनिक नेपाल लघुवित्त र शुवम पावरको १०  प्रतिशतले मूल्यवृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता,  हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । यता शुभम सिमेन्टको करिब ४ करोडको कारोबार भएको छ । आइतबार  १३ उपसूचकहरूमा ५ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर