नेपाली महिला बिश्व सन्जाल (NWGN) क्यालिफोर्नियाले भब्यरुपमा मनायो अन्तराष्ट्रिय महिला दिवस — OSNepal

नेपाली महिला बिश्व सन्जाल (NWGN) क्यालिफोर्नियाले भब्यरुपमा मनायो अन्तराष्ट्रिय महिला दिवस

LC (KTM) March 19, 2023 0

काठमाडौँ । नेपाली महिला बिश्व सन्जाल (NWGN) क्यालिफोर्निया शाखाले भब्यरुपमा अन्तरराष्ट्रिय महिला दिवस सम्पन्न गरेको छ । नेपाली महिला बिश्व सन्जालले मार्च १२ तारिख आइतबारका दिन क्यालिफोनिर्याको 1701 San Pablo Ave #1701 Berkeley, CA 94702 मा भव्य रुपमा सम्पन्न भएको संस्थाकी अध्यक्ष लक्ष्मी खरेलले जानकारी दिइन् ।

अध्यक्ष खरेलले आफ्नो कार्यकालमा केही रचनात्मक र प्रभावकारी कामहरुको थालनीसँगै योजनावद्ध तरिकाले आफ्नो टिम लागिपरिरहेको बताइन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको यस विशेष दिनमा डिजिटल लैङगिक समताका लागि नबिनता र प्रबिधि भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा अध्यक्ष खरेलले भविष्यमा आइपर्ने परिस्थिति अनुसारको माग र आवश्यता अनुरुप नै केही नयाँ योजनाहरुका साथमा भावी रणनीति पनि तय गरिने बताइन् ।

सो अवसरमा प्रमुख अतिथि रोशनी पाण्डे थिइन् भने विशेष अतिथिका रुपमा अनुपमा चापागाई रहेकी थिइन् भने पुरुष प्रतिनिधिका रुपमा इश्वर सापकोटा रहेका थिए ।

साथै सो अवसरमा विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रतिनिधी लगायत बे एरियाका बुद्धिजिवी, व्यबसायी, संचारकर्मी, डिजे, सहयोगी साथहरु र व्यबसायी तथा नर्दनक्यालिफोनिर्याबासीहरुको विशेष उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा गायिका नलिना चित्रकार, लगायतका स्थानीय कलाकारहरु नीता आचार्य, ओस्कार शर्मा लगायतले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा संस्थाका महासचिब प्रज्ञा वाग्ले, कार्यक्रम संयोजक रोज लामा ,साँस्कृतिक संयोजक सपना शर्मासहित नर्दन क्यालिफोनिायका दाजुभाई तथा दिदी बहिनीहरुको पनि विशेष भूमिका रहेको थियो ।






Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर