चर्चित युवा स्ट्राइकर किलियन एम्बाप्पेल बने फ्रान्सेली फुटबल टोलीको कप्तान — OSNepal

चर्चित युवा स्ट्राइकर किलियन एम्बाप्पेल बने फ्रान्सेली फुटबल टोलीको कप्तान

LC (KTM) March 21, 2023 0

काठमाडौं – चर्चित युवा स्ट्राइकर किलियन एम्बाप्पेल फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा नियुक्ति भएका छन् । टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले कप्तानीबाट अवकाश लिएसँगै एम्बाप्पे कप्तानमा नियुक्ति भएका हुन् ।

पीएसजीका फरवार्ड एम्बाप्पेले नयाँ जिम्मेवारी स्वीकार गर्न तयार भएको फ्रान्सेली सरकारी च्यानल फ्रान्स २४ ले उल्लेख गरेको छ । फ्रान्सको राष्ट्रिय टोलीको जर्सी लाएर ६६ खेल खेलेका एम्बाप्पेले कप्तानको रूपमा पहिलो खेल युरोकप २०२४ को छनौट खेलको लागी नेदरल्याण्डसँग खेल्नेछन् ।

कतार विश्वकपको फाइलनमा अर्जेन्टिनासँग पराजित भएयता पहिलो पटक फ्रान्स सन् २०२४ को युरो कप छनोट अभियानमा जाँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर