हृदयघातलाई जितेर काममा फर्केकी अभिनेत्री सुस्मिता सेनले सुरु गरिन् योगा क्लास — OSNepal

हृदयघातलाई जितेर काममा फर्केकी अभिनेत्री सुस्मिता सेनले सुरु गरिन् योगा क्लास

LC (KTM) March 21, 2023 0

बलिउडकी सबैभन्दा सुन्दर र फिट अभिनेत्री सुस्मिता सेनलाई केही दिनअघि हृदयघात भएको थियो । उनको एन्जियोप्लास्टी पनि गरिएको छ । सुस्मिता आफैले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फ्यानलाई यो जानकारी दिएकी हुन् । तर, अहिले सुस्मिता सेनको स्वास्थ्यमा निकै सुधार हुँदै गएको र अहिले उनले मुटुरोग विशेषज्ञको अनुमति लिएर योग गर्न थालेकी छिन् ।

सुष्मिता सेनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा आफ्नो पछिल्लो तस्विरहरू सेयर गरेकी छिन्, जसमा उनी योगा आउटफिट लगाएर खुला ठाउँमा स्ट्रेच गरिरहेकी छिन्। यो तस्बिर पोस्ट गर्दै सुष्मिता सेनले क्याप्सनमा लेखेकी छिन्, ‘जीवनको चक्र। मेरो हृदय रोग विशेषज्ञले अनुमति दिनुभएको छ। तन्काउने काम सुरु भएको छ । कस्तो रमाइलो अनुभूति । मेरो होलीको शुभकामना, कस्तो छ तिम्रो रु हजुरहरुलाई धेरै धेरै माया।

केही दिनअघि सुस्मिता सेनले इन्स्टाग्राममा एक पोस्टमार्फत हृदयघातको शिकार भएको जानकारी दिएकी थिइन् । उनले एउटा तस्बिर पोस्ट गरेकी थिइन्, जसमा उनी बुवासँग देखिएकी थिइन् । उनले क्याप्सनमा लेखेकि छन्, ‘मेरो बुवाका केही शब्दहरू( आफ्नो हृदयलाई सधैं खुशी र साहसी राख्नुहोस् र तपाईंलाई सबैभन्दा बढी आवश्यक पर्दा यसले तपाईंलाई साथ दिनेछ। भर्खरै मलाई हृदयघात भयो। एन्जियोप्लास्टी गरियो र स्टेन्ट जडान गरियो। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि मेरो हृदय रोग विशेषज्ञले मलाई मेरो मुटु धेरै ठूलो भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर