कुन्साङ्गको प्रेममा छन् अभिनेत्री मिरुना मगर ! — OSNepal

कुन्साङ्गको प्रेममा छन् अभिनेत्री मिरुना मगर !

LC (KTM) March 21, 2023 0

काठमाडौं- नायिका मिरुना मगर र मोडल कुन्साङ्ग बोमजमबिच प्रेम भएको हल्ला फिल्मी बजारमा चल्न थालेको छ । फिल्मी बजारमा चलेको हल्ला अनुसार यी दुई विगत केही समय देखी प्रेममा रहेका छन् । उनीहरुले प्रेमको बिषयमा खुलेर नबोलेपनि यो विषय बाहिर आइसकेको छ ।

मिरुना नयाँ फिल्म ‘नाङ्गो गाउँ’को तयारीमा छिन् । यता, कुन्साङ्गको हातमा फिल्म नभएपनि फाट्टफुट्ट म्युजिक भिडियोमा देखा परेका छन् । कुन्साङ्गले नायिका एलिजा गौतमसँग नयाँ फिल्म ‘घँइचो’मा काम गर्ने पक्का भएपनि पछि छाडेका थिए ।

यसपछि, उनले नयाँ फिल्म साइन गरेको खबर छैन । केही दिन पहिले ‘मखमली’ बोलको गीतमा कुन्साङ्गको अभिनय रहेको म्युजिक भिडियो बाहिर आएको थियो । जसमा यी दई खुलेर रोमान्स गरे का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर