वरुण तेजको सँग जोडी बाँध्दै अभिनेत्री मानुषी छिल्लर — OSNepal

वरुण तेजको सँग जोडी बाँध्दै अभिनेत्री मानुषी छिल्लर

LC (KTM) March 22, 2023 0

मुम्बई । पूर्व मिसवल्र्ड तथा अभिनेत्री मानुषी छिल्लर अब टलिउड फिल्म डेब्यु गर्ने भएकी छन् । उनले बलिउडमा भने ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । जुन फिलम सुपर फ्ल्प भएको थियो ।

२०२२ मा अक्षय कुमारसँग फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउड डेब्यु गरेकी उनले वरुण तेज स्टारर फिल्म ‘वीटी १३’ मा देखिन लागेकी हुन् । फिल्मको टिजर समेत सार्वजनिक भएको छ ।

जसमा मानुषी छिल्लरलाई फिल्ममा कास्टिङ गर्ने घोषणा गरिएको छ । सत्य घटनामा आधारित एक्सन फिल्म हो । यस फिल्ममा वरुण तेज भारतीय सेनाका पाइलटको भूमिकामा देखिनेछन् भने मानुषी रडार अफिसरको भूमिकामा देखिनेछन् ।

फिल्मका लेखक आमिर खान र सिद्धार्थ राजकुमार हुन् भने फिल्मको निर्देशन शक्ति प्रताप सिंहले गर्नेछन् । सोनी पिक्चर्स इन्टरनेशनल प्रोडक्सन र रेनेसान्स पिक्चर्सका सन्दीप मुड्डाले यो फिल्म निर्माण गर्दैछन् । मानुषीले हालै ‘द ग्रेट इन्डियन परिवार’ फिल्मको सुटिङ पूरा गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर