शाहरुख खानकी छोरी सुहानाको किलर पोजमा ग्ल्यामरस अवतार, करिश्मा कपूर देखी यी सेलीब्रेटीको कमेन्ट — OSNepal

शाहरुख खानकी छोरी सुहानाको किलर पोजमा ग्ल्यामरस अवतार, करिश्मा कपूर देखी यी सेलीब्रेटीको कमेन्ट

LC (KTM) March 22, 2023 0

काठमाडौँ -बलिउडमा पछिल्लो समय चर्चामा आइरहने शाहरुख खानकी छोरी सुहाना । आफ्नो ग्ल्यामरस अवतारले फ्यानमा जादु छरेकी उनको फोटोसुटले फ्यानलाई मात्र होइन सेलिब्रेटीलाई पनि प्रभावित पारेको छ।

सबैले उनको टशन र सौन्दर्यको तारिफ गरेका छन्। सुहानाले यो ग्ल्यामरस लुकलाई आफ्नो कूल एटिट्यूडले थप स्पेशल बनाएकी छिन्। उनी हरेक फ्रेममा आकर्षक देखिएकी छन् ।

तस्विरमा सुहाना सेतो मैक्सी थाई हाइ स्लिट ड्रेसमा किलर पोज दिईरहेकी छिन् । हेयरबन बनाइएकी उनको न्यूनतम मेकअपले झनै सुन्दरता थपेको छ । उनका यी तस्विरमा धेरै सेलीब्रेटीहरले कमेन्ट गरेका छन् । शनाया कपूर, करिश्मा कपूर, भावना पाण्डे, महिप कपुरले कमेन्ट गरेका छन्।

प्रयोगकर्ताहरूले फायर इमोजी सिर्जना गरेका छन्। सुहाना खान चाँडै नै फिल्ममा डेब्यु गर्दैछिन्। उनी जोया अख्तरको फिल्म द आर्चिजमा देखिनेछिन्। यो फिल्मबाट सुहानाको लुक बाहिर आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर