निसन्तान दम्पत्तिले जन्माए चम्ल्याहा सन्तान, नर्भिक आइभिएफको चमत्कारले मख्ख अरुणा दम्पती — OSNepal

निसन्तान दम्पत्तिले जन्माए चम्ल्याहा सन्तान, नर्भिक आइभिएफको चमत्कारले मख्ख अरुणा दम्पती

LC (KTM) March 22, 2023 0

काठमाडौँ -अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश ले काठमाडौँस्थित नर्भिक आइभिएफमा उपचार सुरु गरे।

चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्मासँग उपचार तथा परामर्श गराइन्। पछि उनीहरले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए।

अहिले उनीहरुले अष्ट्रेलिया मा नै ४ सन्तानलाई जन्म दिएका छन् । निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले बिशेष निगरानीमा राखेर हेरचाह गरिरहेको र उनीहरुको स्वास्थ अबस्था सामान्य रहेको बताइएको छ । बच्चाहरुको तौल कम हुँदा अस्पतालले बिशेष निगरानी र हेरचाह गर्नुपरेको ।ीमान योगेसले बताए । योसँगै नेपालको नर्भिक इन्टरनेशनल हस्पिटलको विश्वस्तरीय उपचार सेवाको समेत त्यहाँ प्रशंसा भइरहेको छ।

सुरुमा अस्पतालले बच्चा भने पछि जन्मदा ४ बच्चा जन्मेकोले अरुणा दम्पती मख्ख छन् । उनीहरले तीन छोराको नाम क्रमश आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन्।अष्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर