६ वर्षदेखि सिक्का जम्मा गरेर यी युवकले किने स्कुटर — OSNepal

६ वर्षदेखि सिक्का जम्मा गरेर यी युवकले किने स्कुटर

LC (KTM) March 23, 2023 0

काठमाडौँ । एक बोरा सिक्का जम्मा गरेर मोहम्मद सैदुलले स्कुटर किन्न सोरुममा जाँदा सोरुमका बिक्रेता दंग परेका थिए । खबर हो गुवाहाटीको । आफ्नो दैनिकी संचालनका लागि गुवाहाटीमा सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५ र १० का सिक्का जम्मा गरेको सिक्काले नै नयाँ स्कुटर किनेका हुन् ।

एक बोरा सिक्का जम्मा पारेर शोरूममा पुगेका मोहम्मद सैदुलका सबै सिक्का गन्दा ९० हजार रहेछन् । गरिब परिवारमा जन्मिएका र सानो तिनो काम गरेर परिवार पाल्दै आएका मोहम्मद सैदुलको इमान्दारीता र सोझोपनालाई देखेर उनको इच्छा अनुसारको स्कुटी दिँदा निकै खुशी लागेको स्कुटर शोरूमका बिक्रेता मनिष पोद्दारले बताए ।

बिक्रेता मनिष पोद्दारले खुशी हुँदै भने मोहम्मदको शैलीमा वचत गर्दै जाने हो भने जो कोहीली आफ्नो आवश्यकतनाका लागि स्कुटर लिन सक्ने अवस्थाको सिर्जना गर्न सक्ने बताए । उनले भने मोहम्मद सैदुल हकले यसरी नै वचत गर्दै जाने हो भने एक दिन कार चढ्न सक्ने अवस्था आउनेछ ।

एक बोरा सिक्का जम्मा गरेर स्कुटी किन्न सकेकामा हर्षित उनले आफ्नो सपना पूरा भएको बताएका छन्। पोद्दारले बोरामा सिक्का बोकेर आएका हक र उनले आफ्नो पसलबाट स्कुटर खरिद गरेको समाचार सुरुमा स्थानीय संचारमाध्यममा प्रकाशित भएको थियो भने पछि राष्ट्रिय संचारमाध्यममा पनि आउन थालेपछि उनी अहिले भाइरल नै बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर