कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल — OSNepal

कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

LC (KTM) March 25, 2023 0

काठमाडाैं, ११ चैत-सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो ।

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराएका थिए । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर