उडिरहेको जहाजका पाइलट बिरामी भएपछि यात्रुले जहाज चलाएर गरे सुरक्षीत अवतरण — OSNepal

उडिरहेको जहाजका पाइलट बिरामी भएपछि यात्रुले जहाज चलाएर गरे सुरक्षीत अवतरण

LC (KTM) March 27, 2023 0

काठमाडौं । तपाईले यात्रा गरिरहेको जहाजको पाइलटको स्वास्थ्य बिग्रिदा तपाईलाई कति तनाव हुन्छ ? यो कुरा आकस्मिक हुने भएता पनि हालै अमेरिकामा सोही विमानमा यात्रा गरिरहेका एक यात्रुले को पाइलटसँग मिलेर जहाजको सुरक्षीत अवतरण गरेका छन् ।

ति पाइलटको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि उनलाई तत्काल मेडिकल इमर्जेन्सीका लागि ककपिटबाट बाहिर निकाले लगत्तै ति यात्रुले को(पाइलटलाई विमान सञ्चालनमा सहयोग गरेसँगै उनी अहिले विश्वचर्चित बनेका छन् ।

साउथवेस्ट एयरलाइन्सको विमान लस भेगासबाट कोलम्बस, ओहायोका लागि उडेको उक्त जहाजमा सवार ति यात्रु खासमा पेशेवर पाइलट थिए र अर्को एयरलाइन कम्पनीमा काम गर्थे। उनले ककपिटमा आएर एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरे। सोही क्रममा विमानको को(पाइलटले उडान नियन्त्रणमा लिँदै तत्काल अवतरण गरियो ।

विमान उडेको केही समयपछि पाइलटको स्वास्थ्य अचानक बिग्रियो । मेडिकल आपतकालिन अवस्थामा विमानलाई लास भेगासमा फिर्ता अवतरण गरेर पाइलटको उपचारका लागि लगियो ।

करिब १ घण्टा १७ मिनेट हावामा उडेको विमानलाई सकुसल अवतरण गराउनु अघि विमानमा नै सवार यात्रुले बिरामी पाइलटको उपचार गरिन् । उनी व्यावसायिक नर्स थिइन् । अवतरणपछि पाइलटलाई अस्पतालमा भर्ना गरिएको थियो । अहिले यस विषयमा छानबिन गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर