सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेन शाहविरुद्ध नयाँबानेश्वरमा प्रदर्शन — OSNepal

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेन शाहविरुद्ध नयाँबानेश्वरमा प्रदर्शन

LC (KTM) March 27, 2023 0

काठमाडौं, १३ फागनु । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)विरुद्ध सोमबार प्रदर्शन भएको छ ।

सुकुम्वासीलाई उठिबास लगाउन लागेका भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो । 

काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर