आफ्नो जन्म दिनमा फ्यानहरुलाई रामचरणले दिए ठुलै सरप्राइज , आरआरआर पछि अब अर्काे यो फिल्मले धमाका मच्चाउँदै — OSNepal

आफ्नो जन्म दिनमा फ्यानहरुलाई रामचरणले दिए ठुलै सरप्राइज , आरआरआर पछि अब अर्काे यो फिल्मले धमाका मच्चाउँदै

LC (KTM) March 27, 2023 0

अहिले रामचरण निकै चर्चामा छन् । कारण हो, आरआरआर फिल्मको नाटु नाटु गीतले ओस्कार जित्नु । उनले ओस्कार विजेता आरआरआरका लागि आफ्ना फ्यानहरूबाट प्रशंसा पनि पाइरहेका छन्। आफ्नो अभिनय कौशलले सबैलाई चकित पारेको रामचरणको क्यारेक्टरको देश र विश्वभर निकै प्रशंसा भइरहेको छ । अभिनेताले आज आफ्नो ३८ औं जन्मदिन मनाइरहेका छन् ।

अभिनेता विश्वभर पनि निकै चर्चित भएका छन् । ‘नाटु–नाटु’ले ओस्कार जितेपछि पुरै स्टारकास्ट चर्चामा छ । अब आफ्नो जन्मदिनको अवसरमा अभिनेताले फ्यानलाई ठूलो उपहार दिएका छन् । कलाकार राम चरणले आफ्नो आगामी फिल्म आरसी १५ को आधिकारिक शीर्षक घोषणा गरेका छन्, जुन सुनेर फ्यानहरू हर्षित भएका छन्। यदि तपाईंलाई याद छ भने, यो फिल्मको शीर्षक अस्थायी रूपमा आरसी १५ राखिएको थियो, तर अब यसको नाम सार्वजनिक गरिएको छ।

अभिनेताले आफ्नो जन्मदिनको अवसरमा आफ्नो आगामी फिल्मको नाम घोषणा गरेका हुन् । बहुप्रतिक्षित यो चलचित्रको शीर्षक ‘गेम चेन्जर राखिएको छ । राम चरणले आफ्नो आधिकारिक ट्विटरमा शीर्षक खुलासा गर्दै भिडियो पनि शेयर गरेका छन् । रामचरणको गेम चेन्जरलाई शंकरले निर्देशन गरेका हुन् भने कियारा आडवाणी पनि यसमा देखिनेछन् ।

फिल्मको नाम सार्वजनिक भएपछि फ्यानहरु निकै खुसी देखिएका छन् । रामचरणको ट्विटमा मानिसहरूले लगातार कमेन्ट गर्दै यो फिल्म भारतीय सिनेमामा गेम चेन्जर साबित हुने बताएका छन्। एक फ्यानले ट्विटरमा लेखेका छन्, ुराम चरणको यो फिल्म भारतीय सिनेमामा गेम चेन्जर साबित हुनेछ। मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर