प्रदेश प्रमुख खापुङसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस — OSNepal

प्रदेश प्रमुख खापुङसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

LC (KTM) March 27, 2023 0

कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका माननीय सदस्य टुन्जे बराइलीज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगको आर्थिक वर्ष ०७८र७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा उपस्थित भई राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीज्यूले “एक्काइसौं शताब्दिमा पनि दलित आयोगको प्रतिवेदन बुझाउन आउनु त्यति निको लागेको छैन ।

तर पनि दलित भएकैले अपहेलित भएर बाँच्नुपर्ने, कुटिनुपर्ने, मारिनुपर्ने समस्या ज्यूँका त्यूँ छन् ।” भन्नुभएको थियो ।प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले २०२० सालतिरै दलित भेदभावविरुद्धको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको स्मरण गराउनुभयो । “त्यसबेलाको तुलनामा अहिले धेरै भेदभाव कम हुँदै गएकोले भविष्यमा शुन्य हुनेमा आशावादी छु । साथै, यो समस्या दलितको मात्रै नभएर देशकै समस्या हो ।” प्रमुखज्यूले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर