हराएकी बिनालाई खोज्दै जादा भेटिए थुप्रै बलिया प्रमाणहरु — OSNepal

हराएकी बिनालाई खोज्दै जादा भेटिए थुप्रै बलिया प्रमाणहरु

LC (KTM) July 12, 2021 0

गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता छिन्। छोरी हराएको पीरमा ४८ वर्षीया रीता सापकोटाले झपर्दी टोलस्थित घरमा ११ दिनदेखि आफूलाई सम्हाल्नै सकेकी छैनन्। काखमा सिरानी च्यापेर रुँदै बस्छिन्। बेला–बेला बरबराउँछिन्। घरमा आउने आगन्तुकलाई उनी छोरी छिटो खोजीदिन अनुरोध गर्छिन्।

‘बाआमाको पीडा बुझ्ने भगवान्जस्ती थिई छोरी। उसकै पीरले छाती पोलेको छ। कहाँ होलिन् ? कस्तो अवस्थामा होलिन् ?’, रीताले रुँदै भनिन्, ‘छोरीको पीरले सिरानी च्यापेर बस्नी दिन आयो। जे भए पनि मेरी छोरी छिटो खोजी दिनुपर्‍यो।’

रीतालाई सम्हाल्न गाह्रो भएपछि भित्तामा झु’न्डाइएका फोटा सबै झिकिएका छन्। नत्र छोरीको फोटो देख्यो कि उनी रोइहाल्थिन्। छोरीलाई कसैले ब’न्धक बनाएको आशंका छ उनको। फर्कन्छे भन्ने लागेको छ। ‘छोरीको खुसीको कुरामा कहिल्यै रोकेनौँ। बाआमाको पी’डा व्यवहार बुझ्ने छोरी हो’, उनले भनिन्, ‘जुन छोराछोरीको भरमा परियो आज उसको पीडामा रुनुपरेको छ।’ छोरीको अवस्था पत्ता लाग्ने आशामा चिना हेराउन पनि धेरै ठाउँ चहारे। नवलपुरबाट काठमाडौं, भक्तपुरका थाहा पाएसम्म सबैकोमा पुगिसके। गैंडाकोटमा हेराउने भन्नेकहाँ पुगिन्। हेराउनेले सोमबारसम्म घर फर्किने बताएपछि उनी त्यसको भरमा परेकी थिइन्। तर, सोमबारसम्म केही पत्ता नलागेपछि उनी झन् चिन्तित बनेकी छन्।

५० वर्षीय जायश्वर सापकोटालाई श्रीमती सम्हाल्न निकै गाह्रो परिरहेको छ। छोरी खोज्न बिहानै निस्केर साँझ फर्किंदा जायश्वर जवाफविहीन हुन्छन्। छोरीको अवस्था के होला भन्दै खोज्न निस्कन्छन्। निराश हुँदै फर्किन्छन्। ‘उसको पीडा हेर्दैमा ठिक्क छ। आफैं सम्हाल्न गाह्रो भएको बेला उसलाई सम्हाल्न निकै कठिन छ’, उनले भने, ‘अवस्था यो हो भन्ने मात्रै थाहा पाए पनि यो अन्धकार हुन्थेन। पीडा त कम हुँदै जान्थ्यो।’ बिनाको प्रेम सम्बन्ध भरतपुर महानगरपालिका लंकुका प्रवेश कँडेलसँग रहेको जनाइएको छ। उक्त सम्बन्धबारे दुवै परिवार जानकार थिए। प्रवेशका दाइको विवाह यही वर्ष भएका कारण दुई वर्षपछि उनीहरूको विवाह गर्ने कुरा भएको थियो।

प्रवेश अध्ययनका लागि बेलायतमा रहँदै आएका थिए। वैशाख दोस्रो साता नेपाल आएका उनी जुलाई १२ मा फर्किने हुन्। प्रवेश बिनालाई भेट्न गैंडाकोट पुगे। त्यही बेला प्रवेशको अर्कै युवतीसँग प्रेम रहेको आशंका भयो। बिनाले दुवैलाई राखेर कुरा गरी आधा घण्टामा फर्किने भनेर गएको बुवा जायश्वरले बताए। अर्की युवतीले गैंडाकोट आउन अस्वीकार गरेपछि परिवारलाई भनेर प्रवेश र बिना भरतपुरको गौरीगन्ज गएका थिए।

दुई जनाबीचको प्रेममा अर्की युवतीको प्रसंग जोडिएपछि बिनाले सोधपुछ गर्न खोजेकी थिइन्। तीन जनासँगै बसेर कुरा गर्ने भनेर निस्किएकी थिइन्। प्रवेशको स्कुटर चढेर भरतपुर गएको जायश्वरले बताए। उनका अनुसार अर्की युवतीको घरनजिकको चौरमा बसेर गफ गरेका थिए। त्यसै क्रममा बा’झाबा’झ हुँदा बिना बे’हो’स भएकी थिइन्। बिनालाई घर लगेर धुपबत्ती बालेर ठीक हुने भन्दै धुप किन्न पसल गएको खुलेको छ। त्यति बेलै बिनाको होस आएपछि प्रवेशले उनको अवस्थाबारे जायश्वरलाई जानकारी गराएका थिए। सवारी साधन खोजेर घर ल्याइदिन उनले प्रवेशलाई आग्रह गरेका थिए। बिना प्रवेशसँग रि’साएर हिँडेकी थिइन्।

त्यही क्रममा प्रवेशले मा’द’क प’दा’र्थ से’व’न गरेको स्थानीयसँगको सोधपुछमा खुलेको जायश्वरको भनाइ छ। प्रवेशले स्कुटर मागेर पुर्‍याउन खोज्दा बिना चढ्न मानिनन्। आफू चौबीसकोठीस्थित राष्ट्रिय वाणिज्य बैंकको एटीएममा पैसा निकाल्न जाँदा बिना बे’पत्ता भएको बिनाको परिवारलाई प्रवेशले बताएका छन्। तर, बैंकको सीसीटिभीमा एटीएमको कार्ड हाले पनि पैसा झिकेको नदेखिएको जायश्वरले बताए।

बिनाको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा छोरी खोजी पाऊँ भनी निवेदन दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले घटनाको अनुसन्धान भइरहे पनि नयाँ कुरा फेला नपरेको बताए। ‘अनुसन्धानको क्रममै छ। बिनाका बुवा सम्पर्कमा हुनुहुन्छ। उहाँसँग समन्वय गर्ने खोज्ने काम भइरहेको छ’, डीएसपी थापाले भने, ‘थप नयाँ कुरा खुलेको छैन। हामी बुझ्ने क्रममै छौं।’

यसै क्रममा चौविसकोटीमा स्कुटरमा आएका प्रवेशले विनालाई सडकमा छोडेर उनी एटिएम बुथमा गएको र फर्कदा विनालाई नदेखेको प्रहरी सामु वयान दिएका छन् । छोरी फेला नपारेपछि विनाका बुवाआमा उनको खोजीमा भौ’ता’रीदै हिडेका छन् । उनले सडकमा विना र प्रवेशलाई संगै देख्नेहरु कोही छन् की भनेर खोज्दै हिडेका थिए ।

एक जना महिलाले उनीहरुलाई संगै देखेको बताएकी छन् । केटाले स्कुटर चलाएको र युवती स्कुटरको पछाडी बसेको आफुले देखेको बताएकी छन् । युवतीले म यस्तो अनुहार लिएर म घर कसरी जानु म म ‘रि दिन्छु भनेर केटासंग बोलेको मैले सुनेकी हुँ, समय कतिवेला हो आफुले त्यो कुरा भने ख्याल नगरेको बताएकी छन् । केही अन्य स्थानियले पनि विना र प्रवेश वि’वा’द गरेको आफुहरुले प्रत्यक्ष देखेको बताएका छन् ।

युवा युवतीको त्यस्तो कुरा सुनेपछि आफुले अरु महिलाहरुलाई पनि मैले आज यस्तो सुने भनेर कुरा गरेको पनि उनले बताएकी छन् । उनीहरुले अरु धेरै कुरा ख्याल नगरेको भएपनि दुवै जना स्कुटरमा बसेको देखेको र कुरा गरेको सुनेको बताएका छन् ।

प्रहरीले बिनाका प्रेमी भनिएका प्रवेशलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनको साथबाट बरामद गरिएको बिनाको मोबाइलको स्क्रिन फुटेको छ। बिनाको परिवारका सदस्य प्रवेशसँगै अर्की युवतीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरे पत्ता लाग्ने बताउँछन्।

गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत थिइन्। सापकोटा परिवार ११ वर्षअघि स्याङ्जाको पुतलीबजार नगरपालिका ठूलीबेंसीबाट गैंडाकोट बसाइ सरेको हो। केही वर्षअघिसम्म साइकल मर्मत पसल राखेका थिए। कोरोना महामारी चलेपछि गत वर्षदेखि खाजा पसल गरेका थिए। दुई छोरीमध्ये बिना कान्छी हुन्। बिनाका ११ वर्षका एक भाइ छन्। ठूली छोरीको विवाह भइकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर