गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोवाइलमा सुधिर, रोशन, प्रिज्मा र प्रिन्सी — OSNepal

गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोवाइलमा सुधिर, रोशन, प्रिज्मा र प्रिन्सी

LC (KTM) April 01, 2023 0

काठमार्डौँ । गीतकार ज्ञानेश्वर तिवारीको सेल्फी मोवाइल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको सेल्फी मोवाइलमा पछिल्लो समयका लोकप्रिय गायक किरण गजमेर र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । जसमा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

डान्सिगं शैलीको रोमान्टिक सेल्फी मोवाइलमा दुई जोडीले खुशी साथ प्रेमालाप गरेका दृश्यहरु देख्न सकिन्छ । चर्चित टिकटक स्टार सुधिर श्रेष्ठ, मोडल रोशन केसी, टिकटकर जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडाको अभिनय रहेको रोमान्टिक गीतको भिडियोको निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक माधव शर्माले गरेका हुन् ।

भिडियोले खुशी साथ प्रेम र रोमान्समा डुब्दै मोवाइलमा सेल्फी खिच्ने जोडीको रमाइलो शैलीलाई देखाएको छ । जसको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सन्तोष राजवाहकको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो ।

गीतकार तिवारीका यसअघि राष्ट्रिय भावनाले ओतप्रोत गीत मनपराए तिमीलाई, बिहानीको मिर्मिरेमा बोलका गीतहरु बजारमा आइसकेका छन् । गीतकार ज्ञानेश्वर तिवारी आँफै गीत शृजना गरेर आँफै भिडियो निर्मण गर्न रुचाउने सर्जक हुन् । उनी नयाँ नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न अग्रसर हुने गीतकार र निर्माता हुन् । पर्यटकीय नगरी कास्कीको राजाका चौताराका गीतकार तिवारी हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आइरहेका छन् । भिडियोको निर्माण अम्बिका अधिकारीले गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर