ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिमपात — OSNepal

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिमपात

LC (KTM) April 03, 2023 0

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत आइतबार भएको हिमपात अझै जमेर रहेको अवस्था ।

यो पनि : बसपार्कमा टर्मिनल भवन निर्माण : म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालनका लागि गुरुयोजनाअनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो ।

देशका विभिन्न ठाउँका लागि छुट्ने र म्याग्दी आउने सवारी साधनलाई बिसौनीको रुपमा प्रयोग हँुदै आएको कालीपुलमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । भवन निर्माण सम्पन्न भएसँगै बेनी नगरपालिकाले यातायात व्यवसायीका टिकट काउण्टरलाई टर्मिनल भवनमा राख्ने तयारी थालेको छ ।

सघन सहरी तथा भवन आयोजना कार्यालय बागलुङसँग भ्याटसहित रु दुई करोड ८५ लाखमा योजना सम्झौता गरेको शुभ कन्स्ट्रक्सन काठमाडौँले भवन निर्माणको काम सम्पन्न गरेको छ । आयोजनाकी इन्जिनियर बिना साकटुले भवन निर्माण कार्य सम्पन्न भएको र केही दिनमा बेनी नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नवनिर्मित भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतीक्षालयलगायतको सुविधा रहेको छ । अपाङ्गमैत्री भौतिक संरचना निर्माण गरिएको टर्मिनल भवनमा नगरले टिकट काउण्टर सञ्चालनका लागि प्रयोग गर्ने जनाएको छ । आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख केसीले बताउनुभयो ।

अहिले बसपार्क क्षेत्रमा अस्थायी पूर्वाधार र अन्य क्षेत्रमा काउण्टर राखेर सेवा दिँदै आएका यातायात व्यवसायीले टर्मिनल भवनमा मात्रै काउण्टर राख्ने भएपछि यात्रुलाई समेत सहज हुने भएको छ । सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित र फराकिलो बनाउन लागिएको छ । विसं २०७४ मा सहरी विकास मन्त्रालयले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना तयारी पारेको थियो ।

गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घ सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ । विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर