घट्यो बोइलर कुखुराको मासुको मूल्य, कति पुग्यो किलोको ? — OSNepal

घट्यो बोइलर कुखुराको मासुको मूल्य, कति पुग्यो किलोको ?

LC (KTM) April 03, 2023 0

काठमाडौं । बोइलर कुखुराको मूल्य घटेको छ । भोली देखी लागु हुने गरी नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मूल्य घटाएको हो । संघले जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको हो ।

जस अनुसार अब जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । ‘२१ चैत, २०७९ मंगलबारदेखि जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ ।

तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुने संघका सचिव देव गिरीले बताए । हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने गिरीले बताए । भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर