लोकप्रिय गायक बिमलराज क्षेत्रीको 'घर त पर हो'मा कविता गेलाल, भिडियोको चर्चा — OSNepal

लोकप्रिय गायक बिमलराज क्षेत्रीको ‘घर त पर हो’मा कविता गेलाल, भिडियोको चर्चा

LC (KTM) April 04, 2023 0

काठमाडौं । लोकप्रिय गायक बिमलराज क्षेत्रीको नयाँ गीत घर त पर हो बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गायक क्षेत्री र गायिका टिका कुमारी क्षेत्रीको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत गायक स्वयमकै रहेको छ । प्रेम र विरहलाई नजिकबाट केलाइएको सार्वजनीक गीतमा पवन परियारको एरेन्ज रहेको छ ।

उदिराम खड्काको निर्देशन रहेको घर त पर होमा गायक क्षेत्री, अभिनेत्री कविता गेलाल, उदिराम खड्का र टिका कुमारी क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

दीपक गिरीको छायांकन रहेको घर त पर होमा अमृत चापागाईको छायांकन र कलरिगं रहेको छ । भिडियो गायक क्षेत्रीकै अफिसियल च्यानलबाट नै रिलिज गरिएको हो । हेर्नुहोस् यो मन छुने भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर