गायिका समीक्षा अधिकारी र गायक रामचन्द्र चन्दको नयाँ गीत बजारमा — OSNepal

गायिका समीक्षा अधिकारी र गायक रामचन्द्र चन्दको नयाँ गीत बजारमा

LC (KTM) April 06, 2023 0

काठमाडौं । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।

नन्दु परियारको संगीत गरेको गीतको शब्द भने प्रकाश न्यौपानेले कोरेका हुन् । एकअर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथालाई गीतले मूल विषय बनाइएको छ । गीतमा प्रेम र विश्वासमा घात गरेको कथा दर्शाउन खोजिएको छ ।

भिडियोमा चिरिञ्जीवी सापकोटा ९जिवी चिरन०, यशु भट्टराई फिचर्ड छन् । भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । चन्दले आफ्नै अफिसियल युट्युव च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर