अघिल्लो श्रृङ्खलामा जस्तो किन चलेनन् 'नाइँ नभन्नू ल ६’का गीत ? — OSNepal

अघिल्लो श्रृङ्खलामा जस्तो किन चलेनन् ‘नाइँ नभन्नू ल ६’का गीत ?

LC (KTM) April 06, 2023 0

काठमाडौं – ‘नाइँ नभन्नू ल’को यसअघिका अधिकांश श्रृंखला जस्तो ‘नाइँ नभन्नू ल ६’को गीत चलेनन् । फिल्म प्रचारको सबैभन्दा शक्तिशाली सामग्री नै गीत हुने अघिल्लो श्रृङ्खलामा जस्तो यो श्रृङ्खलामा फिल्मका गीत चलेका छैनन् ।

‘नाइँ नभन्नू ल ६’मा तीनवटा गीत निर्माण टिमले सार्वजनिक गरिसके पनि गीतले दर्शकमाझ उल्लेख्य चर्चा पाउन भने सकिरहेका छैनन् । विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’लाई प्रतीक्षित मानिएको छ ।

‘नाइँ नभन्नू ल’ नेपाली फिल्मको एउटा ब्रान्ड सिरिज हो । यसका यसअगाडिका सबै श्रृङ्खलाले हिटको व्यापार गरेका छन् ।‘नाइँ नभन्नू ल ६’मा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, योगीशा खत्री, अथर्व उप्रेती लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर