अमेरिकाबाट गायक मेघ पौडल र सपनाले ल्याए 'आँखाको नानी भित्र' — OSNepal

अमेरिकाबाट गायक मेघ पौडल र सपनाले ल्याए ‘आँखाको नानी भित्र’

LC (KTM) April 07, 2023 0

काठमाडौँ । अमेरिकामा बस्दै आएका गायक मेघ पौडलको आँखाको नानी भित्र बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अनिमेघ क्रियशनबाट शुक्रबार बजारमा आएको आँखाको नानी भित्र बोलको गीतमा शब्द , संगीत सिडी बिजय अधिकारीको रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको सार्वजनिक गीतमा मिक्स र मास्टरिगं राजु कार्कीले गरेका हुन् । गायक मेघले पत्नि सपना मेघ पौडेललाई प्रेम प्रकट गर्न भन्दै यो गीत उनलाई नै सर्मपण गरेको बताए ।

प्रेम र रोमान्सले भरिएको आँखाको नानी भित्र बोलको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले फिल्मी शैलीमा रोमान्टिक तरिकाले तयार पारेका छन् । जुन प्रेमगीतले एक प्रेमील जोडीको रमाइलो कथालाई कलात्मक शैलीमा देखाएको छ । जसमा ह्याडसम मोडल विकाश चौहान र सुन्दरी मोडल पु्नम गौतमको प्रेम र रोमान्स देख्न सकिन्छ ।

भिडियोले मायामा डुबेपछि प्रेमी र प्रेमीकाको सुन्दरताको वर्णन गरेको कुरालाई मोडलद्धय विकाश र पु्नम मार्फत देखाएको छ । उत्सब दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन र कलिरिङ रहेको आँखाको नानी भित्र गायक स्वयमकै च्यानल अनिमेघ क्रियशनबाट बजारमा आएको हो ।

भिडियोको निर्माण सपना मेघ पौडेलले गरेकी हुन् । जर्नी नामक एल्बमबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गायक मेघका इन्टु मिन्टु लण्डन, मनै त हो, ह्याप्पी बर्थ डे, सायद, तिमी छौ र म छु, हामी विर गोर्खाली, लगायतका दजैनौँ गीतहरु बजारमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर