भारतमा हिजोको तुलनामा आज फेरी बढे संक्रमित, ६२३ जनाले गुमाए ज्यान — OSNepal

भारतमा हिजोको तुलनामा आज फेरी बढे संक्रमित, ६२३ जनाले गुमाए ज्यान

LC (KTM) July 14, 2021 0

काठमाडौँ– भारतमा थप ४० हजारमा कोरोना  संक्रमण पुष्टि भएको छ । हिजो ३७ हजार जनामा संक्रमण भएको भारतमा संक्रमितको संख्या आज भनेको बढेको हो । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार २१५ जनामा संक्रमण भएको छ ।

यो सँगै आज भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख ४४ हजार ९४९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३६ हजार ४१४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ६२३ संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ११ हजार ४३९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर