भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको गीत 'कुनै दिन ' सार्वजनिक ( भिडियो ) — OSNepal

भ्वाइस अफ नेपालका विजेता किरण गजमेरको गीत ‘कुनै दिन ‘ सार्वजनिक ( भिडियो )

LC (KTM) April 19, 2023 0

‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ ।

विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिकाचिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ ।भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सहनिर्देशन रहेको ‘कुनै दिन ‘को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्साललको सम्पादन तथा कलर ग्रेडीङ रहेको छ ।

गीतलाई म्यूजिक नेपालले बजारमा ल्याइएको हो। नेपाली संगीत छेत्रको विकास र प्रवर्द्धनमा ४ दशक देखि लागिरहेको नेपालकै पुरानो कम्पनी म्युजिक नेपालले नयाँ प्रतिभालाइ प्रोत्साहनको लागि सिनियर संगीतकारहरुसंग सहकार्य गर्दै गीतहरुको उत्पादन र ब्यबस्थापन गर्दै आएको छ पछिल्लो समय म्युजिक नेपाल द्वारा उत्पादित धेरै गीतहरु मिलियन क्लबमा प्रवेश गरिसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर