दिवंगत भारतीय अभिनेता इरफान खानको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक — OSNepal

दिवंगत भारतीय अभिनेता इरफान खानको अन्तिम फिल्मको ट्रेलर सार्वजनिक

LC (KTM) April 20, 2023 0

एजेन्सी । दिवंगत भारतीय अभिनेता इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कर्पियन्स’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म अगस्ट २०१७ मा स्विट्जरल्याण्डमा भएको ७० औं लोकार्नो फिल्म फेस्टिभलमा प्रिमियर भइसकेको थियो जहाँ, दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया पाएको थियो ।

इन्स्टाग्राममा फिल्मको ट्रेलर सार्वजनिक गर्दै इरफानका छोरा बाबिलले लेखेका छन् ‘प्रेम, जोश र विश्वासघातको हृदयविदारक कथालाई जीवित गर्दै ।’योसँगै फिल्म इरफानको तेस्रो पुण्यतिथिको ठीक एक दिन अगाडी अप्रिल २८ मा प्रदर्शन हुने भएको छ ।

फिल्मलाई अनुप सिंहले निर्देशन गरेका हुन् । करिब ६ वर्षपछि फिल्म सार्वजनिक हुन लागेको हो ।इरफानसँगै फिल्ममा गोलसिफ्तेह फराहानी, वहिदा रहमान, शशांक अरोरा र तिलोत्तमा शोमको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर