अक्षय तृतीयाका दिन सुन किने लक्ष्मी प्रशन्न हुने विश्वास — OSNepal

अक्षय तृतीयाका दिन सुन किने लक्ष्मी प्रशन्न हुने विश्वास

LC (KTM) April 23, 2023 0

काठमाडौं -अक्षय तृतीया पर्वमा मातालक्ष्मीको खुशी पार्नु शुभ मानिन्छ । यो दिन गरेका हरेक कामले अक्षर फल प्रप्त हुने विश्वास गरिन्छ । यहि कारण यो दिन लक्ष्मी प्रशन्न पार्नाले धेरै शुभ फल दिने धार्मिक मान्यता रहेको छ । यो दिन दान पुन्य गर्नाले शुभ हुने मानिन्छ । यो दिन मानिसहरुलाई सहयोग गर्नले लक्ष्मी प्रशन्न हुने विश्वास गरिन्छ ।

यो दिन सुन किन्नु जौ किन्नु राम्रो मानिन्छ । यदि सुन्न किन्न नसके चाँदी किनेमा पनि लक्षी प्रसन्न भएर चाहेको पुरा हुने विश्वास रहेको छ । यो दिन लक्ष्मी सँगै भगवान विष्णुको पनि पुजा आरधना गरिन्छ ।

यसो गर्नाले जीबनभर धन प्राप्ती हुने विश्वास गरिन्छ । यो दिन जल, कुंभ, शक्कर, सातु पंखा छाता फल आदि दान गर्नाले जीबनमा धनको अभाब नहुने विश्वास रहेको छ ।अक्षय तृतीयामा मुख्यतस् सातु खाने चलन रहि आएको छ । यस दिनमा जौ‌ गहुँलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जौ‌लाइ पवित्र मानिन्छ । बढदो गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ ।

आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवान्को निवास हुने मान्यता छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर