भोजपुरी अभिनेत्री पूजा ठाकुरले अभिनय गरेको पहिलो नेपाली म्युजिक भिडियो सार्वजनिक — OSNepal

भोजपुरी अभिनेत्री पूजा ठाकुरले अभिनय गरेको पहिलो नेपाली म्युजिक भिडियो सार्वजनिक

LC (KTM) April 23, 2023 0

काठमाडौं – मैथिली तथा भोजपुरी अभिनेत्री पूजा ठाकुरको डेब्यु गीत ‘हेर यो मेरो मुटुमा’को भिडियो सार्वजनिक भएको छ।गायक सुनील थापामगरको आवाजमा रहेको गीतको शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ भने एरेन्ज प्रमोद परियारको रहेको छ।

गीतको भिडियोमा जेपी शाह र पूजा ठाकुरको अभिनय रहेको छ। शाह व्यापारी हुन् भने ठाकुर मैथिली तथा भोजपुरी कला क्षेत्रमा चर्चित छिन्। ठाकुरको यो पहिलो नेपाली म्युजिक भिडियो हो।रूपेश थापाले पोखराका रमणीय ठाउँमा खिचेको गीतको भिडियोको निर्देशन पनि ठाकुरले नै गरेका छन्। भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर