कृपा गौतम र सोनु महतारा बने सातौं राईजींगस्टारका बिजेता — OSNepal

कृपा गौतम र सोनु महतारा बने सातौं राईजींगस्टारका बिजेता

LC (KTM) April 24, 2023 0

क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै सातौं प्रभुबैंक राईजींगस्टार कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको प्रेक्षालयमा भएको कार्यक्रमबाट यो बर्ष जुनियर क्याटगोरीबाट इपिएस स्कुल, मीन भवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियर क्याटगोरीबाट नेशनल एकेडेमी, शंखमुलमा कक्षा ७ मा अध्ययनरत सोनु महतारा बिजयी बन्न सफल भएका छन् । बिजेताद्धयले जनही नगद रु.५०,०००।– को चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरेका छन् । बिजेताद्धयले मोस्ट ट्यालेन्टेड अवार्ड समेत हात पारेका छन् ।

फस्ट रनरअपको उपाधी भने जुनियर क्याटगोरीबाट पवन प्रकृति हाइस्कुल, इमाडोलमा कक्षा ५ मा अध्ययनरत आकृति खापुङ र सिनियर तर्फ ग्रामर पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत सृजा शाहले प्राप्त गर्न सफल भएका छन् ।सेकेन्ड रनरअपको उपाधी लिन सफल भएका छन् जुनियर क्याटगोरीबाट इडनब्रीज एकेडेमी, धापासीमा कक्षा ३ मा अध्ययनरत आलियाना अलि र सिनियर क्याटगोरीबाट केएम्सी स्कुल, कक्षा ९ मा अध्ययनरत एरिका अधिकारीले ।

प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न भएको प्रभुबैंक राईजींगस्टार कार्यक्रममा ८७ जना काठमाडौंका बिभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि ९ सम्मका बिद्यार्थी भाइबहिनिहरु बिभिन्न चरणको अडिशन राउण्डबाट छनौट भएर अन्तिम प्रतिश्पर्धाका लागि सहभागी भएका थिए । अर्याल होटलको सुविधा सम्पन्न कार्यक्रमहलमा १२ दिन सम्म ८७ जना प्रतिश्पर्धीहरुलाई जीवन उपयोगी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले बन्द प्रशिक्षण गराइएको थियो ।

कार्यक्रममा टप थ्री देखि टप सेभेन सम्म र बिभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने चार जना अभिभावकहरुलाई बेष्ट प्यारेन्ट्स अवार्डबाट समेत सम्मानित गरियो ।कार्यक्रममा निर्णायकको रुपमा प्याब्सन काठमाडौंका उपाध्यक्ष रिता राई दाहाल, प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बानियाँ, प्रशिद्ध गायक अशोक मुकारुङ, मिस मंगोल २०२२ की बिजेता पासाङ डोल्मा शेर्पा, डान्सिङस्टारका बिजेता छिरिङ शेर्पा, राइजिंगस्टार सिजन ४ का बिजेता अस्मिता अधिकारी र राईजिंगस्टार सिजन ५ का बिजेता प्रशुन बडाल रहेका थिए ।

शैक्षिक सत्रको अन्त्यमा हुने लामो बिदाको सदुपयोग गर्दै बिद्यार्थी भाइबहिनिहरुमा लुकेर रहेको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरतालाई राष्ट्रियस्तरको कार्यक्रम मार्फत प्रश्तुत गर्ने प्लेटफर्मको रुपमा राइजींगस्टार कार्यक्रम बिगत ९ बर्ष देखि आयोजना गरिदै आएको कार्यक्रमका कार्यकारी व्यवस्थापक प्रतिष्ठित संगीतकार एवं प्राज्ञ शान्तिराम राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर