कोरोनाका कारण साउदीमा १२ नेपालीको दुखद निधन — OSNepal

कोरोनाका कारण साउदीमा १२ नेपालीको दुखद निधन

LC (KTM) July 14, 2021 0

काठमाण्डौ – साउदीमा गएको चार हप्तामा कोरोनाबाट थप १२ नेपालीको ज्यान गएको छ । एको चार हप्तामा थप १२ नेपालीले साउदीमा कोरोनाबाट ज्यान गुमाएको गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले जनाएको छ । सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विश्वभरका २८ देशमा रहेका ४ सय ४७ जना नेपालीले अहिलेसम्म कोरोनाबाट ज्यान गुमाएका छन् ।

हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् । गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर