एकपछि अर्को शोकमा बलिउड, कोरोना जिते भनेर स्टाटस लेखेका सुवोधको कोरोनाका कारण निधन — OSNepal

एकपछि अर्को शोकमा बलिउड, कोरोना जिते भनेर स्टाटस लेखेका सुवोधको कोरोनाका कारण निधन

LC (KTM) May 14, 2021 0

काठमाडौं- बलिउड निर्देशक सुवोध चोपडाको नि धन भएको छ । उनको कोरोनाका कारण नि धन भएको बताइएको छ । केहि दिन अगाडी कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनले कोरोना जिते भनेर स्टाटस लेखे पनि उनको मुम्बइमा निधन भएको हो । उनको भाइ शंकर चोपडाका अनुशार उनको रिपोर्ट शनिवार नै नेगेटिभ आएको थियो । तर सोमबार उनलाई एक्कासी गाह्रो भएपछि घरमा नै अक्सिजन म्यानेज गरेका थिए ।

चोपडाको निधनमा नायक अनमोल केसीले पनि दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आफू स्तब्ध भएको बताएका छन् । चोपडाले नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशन गर्ने भनेर काम अगाडी बढाएका थिए ।

सुवोधले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए । उनले, वि।सं २०२३ मा निर्माण भएको चलचित्र ‘माइतीघर’को कथालाई अगाडि बढाउँदै ‘माइतीघर २’ बनाउने तयारी गरेका थिए । सन् १९९७ देखि नै चलचित्रमा सक्रिय रहेका सुवोध स्क्रिप्ट राइटर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर