रचना र डिबीको ‘तिम्रो गाउँमा आउदैछु’ — OSNepal

रचना र डिबीको ‘तिम्रो गाउँमा आउदैछु’

LC (KTM) April 25, 2023 0

काठमाडौंँ । गायक डिबी खड्काको नयाँ लोकदोहोरी गीत ‘तिम्रो गाउँमा आउदैछु’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायनमा खड्कालाई गायिका रचना रिमालले साथ दिएकी छन् ।

एक प्रेमजोडी बीच हुने माया प्रेम र सुख दुःखको कथा भनिएको गीतमा शंकर के.राईको शब्द छ । गायक खड्काकै संगीत रहेको गीतमा आगा लामाको एरेन्ज छ ।
गीतको भिडियो पनि बनेको छ ।

जसमा एक प्रेमी प्रेमीकोको गाउँ खोज्दै गएको कथा देखाउन खोजिएको छ । भिडियोमा गायक खड्काको अलवा सुस्मिता श्रेष्ठ, आशिका खड्का, सुमिना श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।पाल्चोकी बुक स्टेशनरीका प्रोपाइटर उद्धव नेपालले निर्माण गरेको भिडियोमा टंक केसीको छायांकन तथा एलपी पाण्डेको सम्पादन तथा निर्देशन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर