नेपाल रिपब्लिक मिडियालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति — OSNepal

नेपाल रिपब्लिक मिडियालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति

LC (KTM) April 25, 2023 0

काठमाडौं, १२ वैशाख । नेपाल रिपब्लिक मिडिया लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सर्वसाधारणलाई कुल ४३ लाख ५३ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर