आज सुनको भाउ बढ्दा घट्यो चाँदी — OSNepal

आज सुनको भाउ बढ्दा घट्यो चाँदी

LC (KTM) April 26, 2023 0

काठमाडौं, १३ वैशाख । बुधबार सुनको भाउ नेपाली बजारमा बढेको छ भने चाँदीको भाउ घटेको छ। मंगलबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला २०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर