साताको अन्तिम दिन सेयर बजार २.२७ अंकले घट्यो — OSNepal

साताको अन्तिम दिन सेयर बजार २.२७ अंकले घट्यो

LC (KTM) April 27, 2023 0

काठमाडौं , १४ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३।६८ अङ्कले घटेको सेयर बजार बिहीबार २।२७ अंकले घटेको हो ।

नेप्से परिसूचक २।२७ अङ्कले घटेर १८८९।७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ ।

यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो ।

सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि बिहिबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर