पूर्व-पश्‍चिम राजमार्गमा भारतीय ट्रक चेक गर्दा चकित पर्यो प्रहरी, के रहेछ ट्रकमा ? — OSNepal

पूर्व-पश्‍चिम राजमार्गमा भारतीय ट्रक चेक गर्दा चकित पर्यो प्रहरी, के रहेछ ट्रकमा ?

LC (KTM) July 14, 2021 0

मकवानपुर, ३० असार-हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्‍चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

हेटौंडाबाट बारातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याउँदै गरेको गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्व-पश्‍चिम राजमार्गमा ना.६ ख ३७४१ नम्बरको कन्टेनरबाट ४० किलो अवैध लागूऔषध गाँजा सहित नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने १९ वर्षीय दिपक गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कन्टेनरमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी कन्टेनर सहचालक गुरुङलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर