नेपाल पुनर्बिमाद्वारा लाभांश घोषणा — OSNepal

नेपाल पुनर्बिमाद्वारा लाभांश घोषणा

LC (KTM) April 30, 2023 0

काठमाडौं, १७ वैशाख । नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।

बैठकले उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने जनाएको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरि  कुल ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर