एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै — OSNepal

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

LC (KTM) May 01, 2023 0

काठमाडौं, १८ वैशाख । एसियन लाइफ इन्स्याेरेन्सको वार्षिक साधारणसभा साेमबार हुँदै छ ।  बाराकाे सिमरामा हुन लागेकाे साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गरिने छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको र वैशाख ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर