कम्बोडिया पठाईदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गर्ने ३१ वर्षीय राजु पक्राउ — OSNepal

कम्बोडिया पठाईदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गर्ने ३१ वर्षीय राजु पक्राउ

LC (KTM) May 02, 2023 0

काठमाडौं, १९ वैशाख-कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला चितवन राप्ती नगरपालिका(९ लालपुर स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने, कम्बोडिया जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि सेक्युरिटी गार्डको काम लगाईदिने मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परी पिडितबाट पटक पटक गरी ७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख १९ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर