स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह — OSNepal

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह

LC (KTM) May 03, 2023 0

लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारस्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवद्र्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराले नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताउनुभयो । उहाँले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

भेटमा उपाध्यक्ष डा श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताउनुभयो । अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उहाँले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर